सभामुख अर्यालले गरे पूर्वसभामुख घिमिरे र अग्नि सापकोटासँग भेटवार्ता
भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान–प्रदान, संघीय संसद्को प्रभावकारी सञ्चालन र विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा छलफल गरेका थिए।
काठमाडौं, चैत ३० : सभामुख डोलप्रसाद अर्यालले पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्।
सोमबार सभामुख अर्यालले उनीहरूसँग भेटवार्ता गरेका हुन्।
भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान–प्रदान, संघीय संसद्को प्रभावकारी सञ्चालन र विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा छलफल गरेका थिए।
प्रकाशित मिति: १३:०२ बजे, सोमबार, चैत ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार