Kathmandu Press

आजको मौसम : हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना

हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ।
आजको मौसम : हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत ३० : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ।

Hardik ivf

आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र पहाड र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:५५ बजे, सोमबार, चैत ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्