शिक्षामा अर्जुनचौपारीको लोभलाग्दो सफलता
शैक्षिक वर्ष २०७९ मा पालिकाका जम्मा १८ प्रतिशत मात्रै विद्यार्थी ग्रेडेड भएका थिए भने नन ग्रेडेडको संख्या ८२ प्रतिशत रहेको थियो । त्यो संख्या अहिले पुर्णत उल्टेर ९२ प्रतिशत विद्यार्थी ग्रेडेड र जम्मा ८ प्रतिशत विद्यार्थी मात्रै नन ग्रेडेड भएका हुन् ।
स्याङ्जा, चैत २९ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले शिक्षाको क्षेत्रमा ठुलो सफलता हात पारेको छ । अर्जुनचौपारीले २०७९ सालको कक्षा १ देखि ८ सम्मको नतिजा २०८२ सम्म आईपुग्दा लोभलाग्दो सफलतासहित पुर्णतः नतिजा उल्ट्याउन सफल भएको हो ।
शैक्षिक वर्ष २०७९ मा पालिकाका जम्मा १८ प्रतिशत मात्रै विद्यार्थी ग्रेडेड भएका थिए भने नन ग्रेडेडको संख्या ८२ प्रतिशत रहेको थियो । त्यो संख्या अहिले पुर्णत उल्टेर ९२ प्रतिशत विद्यार्थी ग्रेडेड र जम्मा ८ प्रतिशत विद्यार्थी मात्रै नन ग्रेडेड भएका हुन् ।
शैक्षिक रुपमा टिठलाग्दो अवस्थाबाट २०८२ को कक्षा १ देखि ८ सम्मको शैक्षिक नतिजा मुल्यांकन गर्दा अर्जुनचौपारीले अभुतपुर्व नतिजा निकाल्न सफल भएको हो । यस्तै अर्जुनचौपारीले वार्षिक रुपमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी संख्यामा समेत वृद्दि गरेको छ । यहाँको वर्ष २०८१ को नतिजामा ६० प्रतिशत विद्यार्थीले ३.० जिपिए ल्याएको वर्तमान शैक्षिक वर्षको नतिजामा त्यो प्रतिशत बढेर ९० प्रतिशत पुगेको छ ।
पालिका भित्रको शैक्षिक गतिविधि नविनतम् र प्रभावकारी ढंगले अघि बढिरहेको देखाउँछ । देशभरमै उत्कृष्ट पालिकाको अग्र सुचीमा पर्ने यस पालिकाले भौतिक पूर्वाधार, पर्यटन एवं धार्मिक क्षेत्रमा समेत सफलता हाँसिल गरेको छ ।
पालिकाले नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माण गरेर विश्वमा नेपाललाई चिनाउन सफल भएको ।