Kathmandu Press

सेवाभावको प्रेरणादायी उदाहरण : रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी चौकीहरू पुनः सञ्चालनमा ल्याउन पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो।
सेवाभावको प्रेरणादायी उदाहरण : रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप

काठमाडौं, चैत २९ : मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै आएका नेपालका रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप २०२५–२६ लाई नेपाल प्रहरी द्वारा एक विशेष समारोहमा सम्मान गरिएको छ। 

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी चौकीहरू पुनः सञ्चालनमा ल्याउन पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी, रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर–इलेक्ट विष्णु बहादुर कार्की लगायत प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, प्रहरी उरीक्षकज्यूहरु, नायब उपरीक्षक, प्रहरी निरीक्षकज्यूहरु लगायत रोटरीयन विष्णुहरी दाहाल, रोटरी प्रेसिडेन्ट एक्सन ग्रुपका क्लबका अध्यक्षहरु लगायत क्लबका विभिन्न ओहदामा रहनु भएका रोटरीयनहरुको उपस्थिति रहेको थियो । 

Hardik ivf

रोटरी प्रेसिडेन्ट एक्सन ग्रुपका अध्यक्ष तथा रोटरी क्लब अफ गोंगबु का अध्यक्ष राजाराम फुयाल का अनुसार, आन्दोलनबाट प्रभावित प्रहरी चौकीहरूमा सरसफाइ, रंगरोगन, खानेकुरा, ग्यास, पानी ट्यांकी, सिरक–डसना, खाट, टेबल–कुर्सी, कम्प्युटर तथा प्रिन्टर उपलब्ध गराई कार्यालयहरू पुनः सञ्चालनमा ल्याउन महत्वपूर्ण सहयोग गरिएको थियो। साथै, केही स्थानहरूमा शौचालय निर्माणसमेत गरिएको थियो । यसैगरी, आन्दोलनको दोस्रो दिनदेखि नै रोटरीले रक्तदान कार्यक्रम सञ्चालन गर्नुका साथै घाइतेहरूको उपचार व्यवस्थापन, अस्पतालसम्म पुर्याउने, औषधि तथा खाद्यान्न सहयोग गर्ने जस्ता कार्यहरू गर्दै मानवीय सेवामा अग्रसरता देखाएको थियो। नेपालभरिका विभिन्न रोटरी क्लबहरूले पनि प्रहरी तथा ट्राफिक पोस्टहरूमा यस्तै सहयोगात्मक कार्यक्रम सञ्चालन गरी “सर्भिस एवोभ सेल्फ” को भावना व्यवहारमा उतारेका छन्। 

डिस्ट्रिक्ट गभर्नर–इलेक्ट विष्णु बहादुर कार्की ले यस्ता पहलहरूले अन्य संघसंस्थालाई पनि प्रेरणा दिने र समाज विकासमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे । समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले रोटरी प्रेसिडेन्ट एक्सन ग्रुपका अध्यक्षहरूलाई कदरपत्र प्रदान गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले रोटरीको योगदानलाई उच्च प्रशंसा गर्दै भने यस्ता सहयोगहरू केवल भौतिक सहयोग मात्र नभई मानवीय संवेदनासँग जोडिएका छन्।

 उनले प्रहरी र नागरिकबीचको सहकार्यले मात्र समृद्ध समाज निर्माण सम्भव हुने उल्लेख गर्दै रोटरीको सेवाभाव सबैका लागि प्रेरणाको स्रोत भएको बताए । रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप २०२५–२६ मा रोटरी क्लब अफ बाग्मती काठमाडौं, बालाजु, गोंगबु, हेटौंडा, काठमाडौं, काठमाडौं सर्कल, काठमाडौं डाउनटाउन, काठमाडौं हाइट, काठमाडौं मेट्रो, मध्यपुर, मातृभूमी बालुवाटार, पाटन, राजधानी, तिनकुने काठमाडौं रहेका छन् । रोटरीका यी सहयोगी हातहरूले केवल प्रहरी चौकीहरू पुनः सञ्चालनमा ल्याएनन्, “प्रहरी हाम्रो साथी” भन्ने विश्वासलाई अझ मजबुत बनाउँदै प्रहरीहरूको मनोबल उच्च बनाउन पनि महत्वपूर्ण भूमिका खेलेका छन्। 

यस्तो सहकार्यले सुसंस्कृत, सहकार्यपूर्ण र समृद्ध समाज निर्माणतर्फ ठोस कदम अगाडि बढाएको स्पष्ट देखिन्छ।

प्रकाशित मिति: ०७:१० बजे, आइतबार, चैत २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्