Kathmandu Press

कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छ : सभामुख अर्याल

उनले नेपालमा धेरै क्षेत्रमा कानुनहरु बनाउन र संसोधन गर्न बाँकी रहेको बताउँदै राष्ट्र र राष्ट्रियताको लागि कानुन बनाउने कुरामा इमान्दार र निष्पक्ष भएर भूमिका निार्वाह गर्ने बताए।
कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छ : सभामुख अर्याल

काठमाडौं, चैत २८ : सभामुख डोलप्रसाद अर्यालले अब कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा गरिने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित लायन्स क्लबको ४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा धेरै क्षेत्रमा कानुनहरु बनाउन र संसोधन गर्न बाँकी रहेको बताउँदै राष्ट्र र राष्ट्रियताको लागि कानुन बनाउने कुरामा इमान्दार र निष्पक्ष भएर भूमिका निार्वाह गर्ने बताए।

Hardik ivf

‘नेपालमा धेरै क्षेत्रमा कानुनहरु बनाउन र संसोधन गर्न बाँकी छ। कानुन ,ऐन ,नियमावली र कार्यविधि कुनै पनि ठाउँमा संसोधन गर्नुपर्ने छ भने ,कसैको अहितमा कुनै पनि कानुन छ भने त्यो कानुनलाई फाष्ट ट्रयाकमा संसोधन गरेर नयाँ बनाउँछौं, उनले भने, ‘यो राष्ट्र र राष्ट्रियताकोलागि कानुन बनाउने कुरामा एक इन्च पनि दायाँ–बायाँ नभई इमान्दार र निष्पक्ष भएर भूमिका निर्वाह गर्ने छु। जति ढिला भयो उति समस्या बढ्न सक्छ। त्यसैले मेरो काम फाष्ट ट्रयाकमा काम हुने छ।’

त्यस्तै उनले लायन्स क्लबले सामाजिक क्षेत्रमा धेरै राम्रो काम गरे पनि त्यसको समाचार मिडियामा पर्याप्त रूपमा नआएको टिप्पणी गरे । सञ्चारमाध्यमको ध्यान यतातर्फ कम गएको हो कि, वा स्पोन्सर÷खर्चको अभावका कारण हो भन्दै उनले प्रश्न गरे।

‘लायन्स क्लबले यति धेरै राम्रो कामहरु गरेको छ। तर यसको कामको कुरा मिडियामा त्यति धेरै देख्न पाएको छैन। सञ्चारमाध्यमको किन आँखा जाँदैन यतातिर ?सञ्चारमाध्यलाई स्पोन्सरको कमि भएको हो कि ?खर्च दिन नपुगेको हो कि ?नत्र देशभरी यत्रो काम हुन्छ। लायन्स क्लबले काम नगरेको कुनै क्षेत्र नै छैन। तर किन कुनै लेखहरु आएनन ? एकजना मन्त्रीले गरेको कार्यक्रममा चाँही सबै जना जाने। यस्तो कार्यक्रममा किन नजाने?,’ उनले भने।

प्रकाशित मिति: १३:२९ बजे, शनिबार, चैत २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्