Kathmandu Press

एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु : अध्यक्ष राई

साम्पाङले राष्ट्रभक्ति र स्वाधीनताका मुद्दा अटल रहेको भन्दै एमसीसी खारेजको विषयमा आवाज उठाउने धारणा राखे।
एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु : अध्यक्ष राई

काठमाडौँ, चैत २८ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखको पद दलगत नभई राज्यको भएको भन्दै राष्ट्रहित र स्वाधीनताका मुद्दामा आफूहरू अडिग रहेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष भएको उल्लेख गरेका छन्। उनले उपसभामुख राज्यको पद भएकाले कुनै पार्टीको स्वार्थसँग जोडिन नहुने बताएका छन्।

साम्पाङले राष्ट्रभक्ति र स्वाधीनताका मुद्दा अटल रहेको भन्दै एमसीसी खारेजको विषयमा आवाज उठाउने धारणा राखे।

‘हामी जिम्मेवार देशभक्त प्रतिपक्ष हौं। उपसभामुख राज्यको पद हो, पार्टीको होइन। हाम्रो कुनै स्वार्थ छैन। हाम्रा स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल छन्। अझै भन्छु एमसीसी खारेज गर्नैपर्छ। शंका नगर्नु नेपाली रगतलाई,’ उनले लेखेका छन्।

प्रकाशित मिति: १०:२४ बजे, शनिबार, चैत २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्