मध्यपूर्वी देशमा द्वन्द्व : २८ जना घाइते, ११ नेपाली पक्राउ
द्वन्द्वसम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा हालेपछि ११ नेपाली पक्राउ परेको पनि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी गराए।
काठमाडौं, चैत २७ : अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण खाडी मुलुकमा २८ जना नेपाली घाइते भएका छन्।
तीमध्ये २७ जना सामान्य अवस्थामा रहेको परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
द्वन्द्वसम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा हालेपछि ११ नेपाली पक्राउ परेको पनि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी गराए। उनीहरूले डर र त्रास फैलाउने सामग्री हालेपछि पक्राउ परेका थिए।
‘नेपालले अमेरिका र इरानबीच जारी द्वन्द्वलाई नजिकबाट नियाली रहेको छ। मध्यपूर्वी देशमा जारी द्वन्द्वका कारण खाडी मुलुकमा घाइते हुने नेपालीको संख्या २८ पुगेको छ । ११ जना नेपाली पक्राउ परेका छन् । द्वन्द्वसम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा उनीहरूले डर र त्रास फैलाउने सामग्री हालेपछि पक्राउ परेका छन्,’ उनले भने।
युद्धसम्बन्धी फोटो र भिडियो नहाल्न परराष्ट्र मन्त्रालयले नेपालीहरूलाई आग्रह गरेको छ।












