Kathmandu Press

उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्ने रास्वपा संसदीय दलकाे निर्णय

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरलाई मतदन गर्ने निर्णय गरेको हाे।
उपसभामुखमा रूबी ठाकुरलाई मतदान गर्ने रास्वपा संसदीय दलकाे निर्णय

काठमाडाैं, चैत २७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरलाई मतदन गर्ने निर्णय गरेको हाे।

बैठकमा प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने लगायत सहागी भागी थिए।

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन्। 
 
प्रकाशित मिति: १४:२९ बजे, शुक्रबार, चैत २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्