साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह पदमुक्त भएपछि श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा आएको हो।
काठमाडौं, चैत २६ : प्रधानमन्त्री बालेन शाहको काँधमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि आइपुगेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह पदमुक्त भएपछि श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा आएको हो।
प्रधानमन्त्रीले रक्षा, उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैं हेर्दै आइरहेका छन्।
पार्टी सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन निर्देशन दिएपछि प्रधानमन्त्री शाहले फिर्ता बोलाएका थिए।
प्रकाशित मिति: १८:३८ बजे, बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार