श्रममन्त्री साह १४ दिनमै पदमुक्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसमा प्रधानमन्त्री प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन्।
काठमाडौं, चैत २६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साह १४ दिनमै पदमुक्त भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसमा प्रधानमन्त्री प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन्।
रास्वपा सभापति रवि लामिछानेले साहलाई पदमुक्त गर्नका लागि प्रधानमन्त्रीलाई पत्र पठाएका थिए। मन्त्री साहले पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने काम गरेको भन्दै हटाउन भनेका थिए।
सोही पत्रका आधारमा प्रधानमन्त्री शाहले उनलाई बर्खास्त गरेका हुन्।
प्रकाशित मिति: १६:१२ बजे, बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार