Kathmandu Press

उपसभामुखमा कांग्रेसले पनि रुबीलाई समर्थन गर्ने

उनलाई सत्तारुढ दल रास्वपाले पनि समर्थन गर्ने निर्णय गरिसकेको छ। त्यसैले उनी उपसभामुख बन्ने निश्चित छ।
उपसभामुखमा कांग्रेसले पनि रुबीलाई समर्थन गर्ने

काठामडौं, चैत २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई नै समर्थन गर्ने भएको छ। 

उपसभामुखको उम्मेदवारमा श्रम संस्कृतिबाट २५ वर्षीय रुवीले उम्मेदवारी दर्ता गराएकी छिन्। 

उनलाई सत्तारुढ दल रास्वपाले पनि समर्थन गर्ने निर्णय गरिसकेको छ। त्यसैले उनी उपसभामुख बन्ने निश्चित छ।

उपसभामुखमा रुवीसँगै राप्रपाकी सरस्वती लामाले उनि उम्मेदवारी दिएकी छिन्। 

सभामुख र उपसभामुख फरक दल र लिङ्‍ग हुनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति: १५:५१ बजे, बिहीबार, चैत २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्