Kathmandu Press

रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट

उनले सभापति लामिछानेले आफै फोन गरेर ‘हाम्रो समर्थन छ, उम्मेदवारी दर्ता गराउनुस् है’ भनेपछि बल्ल आफूहरुले दर्ता गराएको जानकारी दिए।
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट

काठमाडौं, चैत २६ : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति आपत्ति जनाएका छन्।

उनले अर्को पार्टीलाई समर्थन गरेर सभापति लामिछानेले आफूलाई फोन गरेकोप्रति आपत्ति जनाएका हुन्।

बिहीबार उपसभामुखको उम्मेदवारी दर्तापछि उनले सभापति लामिछानेले आफै फोन गरेर ‘हाम्रो समर्थन छ, उम्मेदवारी दर्ता गराउनुस् है’ भनेपछि बल्ल आफूहरुले दर्ता गराएको जानकारी दिए।

‘रास्वपाका सभापतिले स्वयंम फोन गरेपछि हामीले उम्मेदवारी दिएका हौं। सबै प्रतिपक्ष एक भएपछि गरेको यस्तो निर्णयमा पुगेका हौं। राजनीतिमा तल माथि त भइहाल्छ। स्वयंम सभापतिले फोन गरेर उम्मेदवारी दर्ता गराउनुहोस् है हाम्रो समर्थन छ भनेपछि दर्ता गराएका छौं। अर्को पार्टीलाई समर्थन गर्ने भए सभापति लामिछानेले किन फोन गरेको?,’ उनले भने।

यता रास्वपाले भने आफ्नो समर्थन श्रम संस्कृति पार्टीलाई गर्ने घोषणा गरेको छ।

प्रकाशित मिति: १५:४१ बजे, बिहीबार, चैत २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्