राप्रपाकी सरस्वती लामाको उपसभामुखमा दर्ता गराइन् उम्मेदवारी
उनलाई रास्वपाले समर्थन गर्ने बताइन्छ। तर, यस बारेमा आधिकारीक निर्णय भने भएको छैन।
काठमाडौं, चैत २६ : राप्रपाकी साांसद सरस्वती लामाले प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन्।
उनलाई रास्वपाले समर्थन गर्ने बताइन्छ। तर, यस बारेमा आधिकारीक निर्णय भने भएको छैन।
प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ।
यही विषयमा रास्वपा सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीबीच कुराकानी समेत भएको थियो। ‘
पहिलोपटक संसदमा प्रवेश गरेको श्रमसंस्कृति पार्टीले पनि उपसभामुखको मनोनयन दर्ता गराउने तयारीमा छ।
प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












