Kathmandu Press

नेपाली कांग्रेस रिभाइभ हुन्छ : गगन थापा

उनले चुनावमा कमजोर नतिजा आउनुमा कुनै एक मात्र कारण नभएको स्पष्ट पार्दै नेपाली कांग्रेसको इतिहासमै नदेखिएको परिणाम आएकोले गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरे।
नेपाली कांग्रेस रिभाइभ हुन्छ : गगन थापा

जनकपुर, चैत २५ : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी पुनः सशक्त रूपमा ‘रिभाइभ’ हुने विश्वास व्यक्त गरेका छन्।

बुधबार जनकपुरधाममा आयोजित नेपाली कांग्रेस मधेश प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनको नतिजा जस्तोसुकै भए पनि पार्टी नयाँ ऊर्जा र रणनीतिका साथ फर्किने बताए।

Hardik ivf

उनले चुनावमा कमजोर नतिजा आउनुमा कुनै एक मात्र कारण नभएको स्पष्ट पार्दै नेपाली कांग्रेसको इतिहासमै नदेखिएको परिणाम आएकोले गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरे।

सभापति थापाले वर्तमान परिस्थिति र नतिजाबाट प्रेरणा लिएर पार्टीलाई पुनर्गठन गरिने र पुनः मजबुत बनाइनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको धारणा राखे।

उनले छिट्टै पार्टीका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा एक समिति जनकपुरधाम आउने जानकारी दिए। उक्त समितिले प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित महत्वपूर्ण विषयमा नीति निर्माणका लागि सरोकारवालासँग छलफल गर्ने उनले बताए।

थापाले शासकीय सुधारका लागि नेपाली कांग्रेसले निर्वाचनका क्रममा गरेका प्रतिबद्धताहरू प्रतिपक्षमा रहेर पनि पूरा गर्ने बताए। मधेश प्रदेशले विगतमा पार्टीप्रति देखाएको विश्वासको सम्मान गर्दै अब मधेशका लागि ठोस काम गर्ने उनको प्रतिबद्धता थियो।

उनले आफू सर्लाहीबाट चुनाव लड्दा मधेशको यथार्थ नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै अब आफू पूर्ण रूपमा ‘समग्र नेपाली’ भएको अनुभूति गरेको बताए।

उनले आगामी वैशाख १ गतेदेखि क्रियाशील सदस्यताको आवेदन खुला गरिने जानकारी दिँदै प्रत्येक वडाबाट सदस्यहरूको अद्यावधिक गरिने बताए। थोरै भए पनि गुणस्तरीय सदस्य बनाउने लक्ष्यसहित सदस्यता व्यवस्थापन गरिने र क्रमशः भ्रातृ संगठनहरूलाई पनि अद्यावधिक गरिने उनले बताए।

प्रकाशित मिति: २०:३० बजे, बुधबार, चैत २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्