Kathmandu Press

‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’

‘मेरो क्षेत्रमा मात्र होइन्,प्रत्येक सिमा क्षेत्रमा भारतीय सवारी साधन नेपाली यातायात व्यवसायीहरु दबाएका अवस्थामा छन् ,संकटमा परेका छन्। यति मात्र होइन्। भारतीय गाडिले नेपालमा कुनै पनि दुर्घट्ना गरेमा क्षतिपूर्तिमा समेत उत्तिकै समस्या भनेको छ,’ उनले भनिन्।
‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’

काठमाडौं, चैत २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेशसम्बन्धी व्यवस्थाको दुरुपयोग भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले एकदिनको भन्सार ‘डे पास’ लिएर नेपाल प्रवेश गर्ने र फिर्ता नगइ नेपालमा नै निजी तथा सार्वजनिक रुपमा सञ्चाल भइरहेको बताइन्।

Hardik ivf

‘भारतीय नम्बर प्लेटका सवारी साधनहरु नेपालमा प्रवेश गर्ने जुन व्यवस्था गरिएको छ । हाल त्यसको दुरुपयोग भइरहेको छ। नियम अनुसार एकदिनको भन्सार ‘डे पास’लिएर प्रवेश गरेका सवारीहरु फिर्ता जानुपर्ने हो,तर व्यवहारमा ति सवारीहरु नेपालमा नै निजी तथा सार्वजनिक रुपमा सञ्चाल भइरहेका हुन्छन्,’ उनले भनिन्, ‘यसले गर्दा उच्च भन्सार तिरेर सञ्चालनमा रहेका नेपाली नम्बर प्लेटका सवारी साधनहरुमा प्रत्येक्ष असर परिरहेको छ।’

सांसद डाँगीका अनुसार यस्तो समस्या कुनै एक क्षेत्रको मात्र नभई देशभरका सीमा क्षेत्रहरूमा देखिएको छ। भारतीय सवारी साधनका कारण नेपाली यातायात व्यवसायीहरू दबाबमा परेका र आर्थिक रूपमा संकट झेल्न बाध्य भएका उनले उल्लेख गरिन्।

‘मेरो क्षेत्रमा मात्र होइन्,प्रत्येक सिमा क्षेत्रमा भारतीय सवारी साधन नेपाली यातायात व्यवसायीहरु दबाएका अवस्थामा छन् ,संकटमा परेका छन्। यति मात्र होइन्। भारतीय गाडिले नेपालमा कुनै पनि दुर्घट्ना गरेमा क्षतिपूर्तिमा समेत उत्तिकै समस्या भनेको छ,’ उनले भनिन्।

उनले भारतीय नम्बर प्लेटका सवारी साधनहरु नेपालमा प्रवेश ‘डे पास’को दुरुपयोग तत्काल रोक्न सरकारसँग माग समेत गरिन्।

प्रकाशित मिति: १४:२३ बजे, बुधबार, चैत २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्