Kathmandu Press

प्रयोगविहीन भवनहरूको सदुपयोग गरियाेस् : सांसद कार्की

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लगानी भएका र प्रयोग हीन भवन सर्लाही जिल्ला लगायत नेपाल  भरी  प्रयोगविहीन अवस्थामा रहेको बताइन्। 
प्रयोगविहीन भवनहरूको सदुपयोग गरियाेस् : सांसद कार्की

काठमाडौं, चैत २५ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा भण्डारी कार्कीले देशभर निर्माण भएका तर प्रयोगमा नआएका पूर्वाधार संरचनाहरूको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लगानी भएका र प्रयोग हीन भवन सर्लाही जिल्ला लगायत नेपाल  भरी  प्रयोगविहीन अवस्थामा रहेको बताइन्। 

Hardik ivf

‘नेपालका विभिन्न ठाउँको भिउटाव भवन लगायत प्रतिफल तथा विना दिगोपनको पुर्वधार देखेका छै। लगानी भएका र प्रयोग हीन भवन सर्लाही जिल्ला मधेस प्रदेश लगायत नेपाल भरी धेरै छन् । त्यस्ता प्रयोगमा न आएका भवन तथा पूर्वदारहरू उचित समयमा सदुपयोग गर्न आवश्यक छ,’ उनले भनिन्। 

उनले सरकारलाई यस्ता भवन तथा पूर्वाधारहरूको व्यवस्थापन तथा सदुपयोगमा ल्याउन आग्रह गरिन्।

प्रकाशित मिति: १४:२० बजे, बुधबार, चैत २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्