Kathmandu Press

सांसद हमालको प्रश्न : प्रत्येक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आएका सांसदहरूबीच किन विभेद?

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
सांसद हमालको प्रश्न : प्रत्येक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आएका सांसदहरूबीच किन विभेद?

काठमाडौं, चैत २५ : नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रत्येक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका सांसदहरूबीच विभेद रहेको बताएकी छिन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

'प्रत्येक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका सांसदहरूबीच किन विभेद ? प्रधानमन्त्री ज्यूबाट प्रत्यक्ष निर्वाचित सांसदहरूलाई भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिनुभएको सुन्नमा आएको छ। तर समानुपाति निर्वाचन प्रणालीबाट आएकाहरूलाई त्यो अवसरबाट किन वञ्चित गरियो ?,उनले भनिन्।

प्रकाशित मिति: १३:५३ बजे, बुधबार, चैत २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्