Kathmandu Press

लापिलाङ पहिरोबारे सांसद खरेलको ध्यानाकर्षण, तत्काल समाधानको माग

आजको प्रतिनिधिसभाकोे शून्य समयमा बोल्दै उनले उक्त क्षेत्रमा विगत ७ वर्षदेखि पहिरोको उच्च जोखिम रहेको बताएका हुन्।
लापिलाङ पहिरोबारे सांसद खरेलको ध्यानाकर्षण, तत्काल समाधानको माग

काठमाडौं, चैत २५ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिस खरेलले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकास्थित लापिलाङ क्षेत्रमा भइरहेको पहिरोको समस्या प्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

आजको प्रतिनिधिसभाकोे शून्य समयमा बोल्दै उनले उक्त क्षेत्रमा विगत ७ वर्षदेखि पहिरोको उच्च जोखिम रहेको बताएका हुन्।

Hardik ivf

‘यस वर्ष वर्षा लागेसँगै सुरक्ष फौससहितको सैरनको व्यवस्था गरियोस । यो वर्ष तत्कालै भूगर्भविद् खटाएर पहिरो गएको ठाउँमा निराकरण गर्न गरियोस्,’ उनले भने।

पहिरोको स्थायी समाधानका लागि तुरुन्तै भूगर्भविद् खटाएर अध्ययन गरी प्रभावित क्षेत्रमा आवश्यक निराकरणका उपाय लागू गर्न पनि उनले सरकारसँग आग्रह गरे।

प्रकाशित मिति: १३:५१ बजे, बुधबार, चैत २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्