कानुनमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता
राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
काठमाडौं, चैत २५ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा.ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ।
आज कानु नमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता भएको हो।
राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा कुराकानी भएकाे बताइएकाे छ।
प्रकाशित मिति: १३:०६ बजे, बुधबार, चैत २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












