इरान र अमेरिकाबीच दुई साता युद्धविराम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रस्तावित दुई हप्ताको युद्धविराममा आफू सहमत भएको बताएको बीबीसीले जनाएको छ । यो सहमति ‘होर्मुज जलमार्गबाट व्यावसायिक जहाजहरूको आवतजावतलाई अनुमति दिएपछि मात्र लागु हुने समाचारमा उल्लेख छ ।
एजेन्सी, चैत २५ : संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रस्तावित दुई हप्ताको युद्धविराममा आफू सहमत भएको बताएको बीबीसीले जनाएको छ । यो सहमति ‘होर्मुज जलमार्गबाट व्यावसायिक जहाजहरूको आवतजावतलाई अनुमति दिएपछि मात्र लागु हुने समाचारमा उल्लेख छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानमाथि भइरहेका आक्रमणहरू रोकिएमा इरान पनि लडाइँ अन्त्य गर्न तयार रहेको बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपतिले सम्झौताका लागि मंगलबार राति ८ बजेसम्मको समयसीमा तोकेका थिए ।
उनले सम्झौता नभए आज राति एउटा पूरै सभ्यता समाप्त पार्ने चेतावनी दिएका थिए । तर, अन्तिम समयमा आएको कूटनीतिक पहलले ठूलो युद्धको खतरालाई तत्कालका लागि टारेको बताइएको छ ।
प्रकाशित मिति: ०७:४५ बजे, बुधबार, चैत २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1775649962.jpg)