Kathmandu Press

रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्रीले भने– हेलीमार्फत उद्धारको प्रयास गर्छौं

‘कस्तोखालको विपद् हो, त्यही अनुसारको टिम आवश्यक हुन्छ । वाटर रेस्क्यूका लागि गोताखोरको टोली, घाइते भए तुरुन्त उद्धार गर्ने टोली चाहिन्छ,’ उनले भने।
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्रीले भने– हेलीमार्फत उद्धारको प्रयास गर्छौं

काभ्रे, चैत २४ : गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको स्थलगत निरीक्षण गर्दै विपद् व्यवस्थापनमा द्रुत उद्धार प्रणाली आवश्यक रहेको बताएका छन्।

मंगलबार गृहमन्त्री गुरुङ आफ्नो टोलीसहित बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न रोशी खोला पुगेका हुन्। उनले बाढीबाट प्रभावित बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अवलोकन गर्नुका साथै उच्च जोखिममा रहेका क्षेत्रहरूको निरीक्षण गरेका थिए।

निरीक्षणका क्रममा उनले विपद्को प्रकृतिअनुसार उद्धार टोली परिचालन गर्नुपर्नेमा जोड दिए।

Hardik ivf

‘कस्तोखालको विपद् हो, त्यही अनुसारको टिम आवश्यक हुन्छ । वाटर रेस्क्यूका लागि गोताखोरको टोली, घाइते भए तुरुन्त उद्धार गर्ने टोली चाहिन्छ,’ उनले भने।

गुरुङले विगतमा विपद् व्यवस्थापनमा ढिलाइ हुने गरेको उल्लेख गर्दै अहिलेको रणनीति फरक भएको बताए।

‘पहिला विपद् आउँदा खर्च बचाउने सोच बढी हुन्थ्यो । अहिले भने सुरुमै हेलिकप्टरमार्फत टोली पठाउने रणनीति अपनाएका छौं,’ उनले भने।

उनका अनुसार सडक अवरुद्ध हुँदा एम्बुलेन्स वा उद्धार टोली समयमै पुग्न नसक्ने भएकाले हेलिकप्टरमार्फत द्रुत परिचालन गर्ने योजना बनाइएको हो।

‘विपद् भएको जानकारी पाउनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आवश्यक उद्धार टोली स्टानबाइ राखिन्छ र हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा झारेर तत्काल उद्धार कार्य सुरु गरिन्छ,’ उनले स्पष्ट पारे।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङलाई कुनसाङ लामा र मिम बहादुर वाइबाले स्वागत गरेका थिए।

प्रकाशित मिति: २०:२० बजे, मंगलबार, चैत २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्