Kathmandu Press

अनुगमनपछि कर्मचारीलाई मन्त्री रावलको निर्देशन- मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस्

सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती र अनियमितता भएको गुनासो शून्यमा झर्नुपर्ने उल्लेख गर्दै मन्त्री रावलले सेवाग्राहीले दुःख पाएको गुनासो आए कानुन अनुसार कारबाही भोग्न तयार रहन चेतावनी समेत दिइन्।
अनुगमनपछि कर्मचारीलाई मन्त्री रावलको निर्देशन- मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नुहोस्

काठमाडौं, चैत २४ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले नागरिक सर्वोच्चतालाई ख्याल राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन्।

मंगलबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि मन्त्री रावलले सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिन निर्देशन दिएकी हुन्।

सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती र अनियमितता भएको गुनासो शून्यमा झर्नुपर्ने उल्लेख गर्दै मन्त्री रावलले सेवाग्राहीले दुःख पाएको गुनासो आए कानुन अनुसार कारबाही भोग्न तयार रहन चेतावनी समेत दिइन्।

‘मन्त्रीलाई खुसी पार्नु पर्दैन, सेवाग्राहीलाई खुसी पार्नुस्, कसैको दबाब र प्रभावले होइन कानुनमा टेकेर काम गर्नुस्,’ उनले भनिन्, ‘नापी र मालपोतमा पुग्दा जनताले सबैभन्दा बढी हैरानी भोग्ने गरेका छन्, अब सबैभन्दा सहज यी नै कार्यालयको सेवा लिँदा हुन्छ भन्ने प्रमाणित गर्नुस्।’

प्रकाशित मिति: १९:२५ बजे, मंगलबार, चैत २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्