सबै समिति सदस्यहरुसँगको सहकार्य र समन्वयमा समितिलाई अघि बढाउने छु : सभापति चौधरी
सबै समिति सदस्यहरुसँगको सहकार्य र समन्वयमा समितिलाई अघि बढाउने उनले प्रतिवद्धता व्यक्त गरिन्।
काठमाडौं, चैत २४ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्वाचित भएकी छिन्।
मंगलबार बसेको समितिको बैठकले चौधरीलाई सभापतिमा चयन गरेको हो।
बैठकमा बोल्दै सभापति चौधरीले देश र जनताको हितमा नीति नियम कानुनहरु तर्जुमा गर्दा संविधानको मातहतमारही आवश्यक अध्ययन अनुसन्धान गरी गर्ने धारणा राखिन्।
सबै समिति सदस्यहरुसँगको सहकार्य र समन्वयमा समितिलाई अघि बढाउने उनले प्रतिवद्धता व्यक्त गरिन्।
‘हुन त यस राजनीतिक यात्रामा म भन्दा अग्रज धेरै नै हुनुहुन्छ। हजुरहरुको प्रतिक्रिया देश र जनताको हितमा नीति, नियम कानुनहरु तर्जुमा गर्दा संविधानको मातहतमा रही आवश्यक अध्ययन अनुसन्धानगरी म माथि देखाइएको विश्वास शिरमा राखि तपाईहरुको साथ सहयोगको अपेक्षासहित यस समितिलाई अघि बढाउन सबैसँग समन्वय सहकार्य गरेर अगाडि बढ्ने छु भन्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भनिन्।












