Kathmandu Press

विकास, आर्थिक समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित

मंगलबार सिंहदरवारस्थित समितिको बैठककक्षमा समितिका जेष्ठ नागरिक महन्त ठाकुरको सभापतित्वमा बसेको बैठकले पौडेललाई सभापतिमा चयन गरेको हो।
विकास, आर्थिक समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित

काठमाडौं, चैत २४ : विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन्।

मंगलबार सिंहदरवारस्थित समितिको बैठककक्षमा समितिका जेष्ठ नागरिक महन्त ठाकुरको सभापतित्वमा बसेको बैठकले पौडेललाई सभापतिमा चयन गरेको हो।

Hardik ivf

सभापति ठाकुरले बैठकमा कृष्णप्रसाद पौडेललाई समितिको सभापति चयन गर्नको लागी एकमात्रै प्रस्ताव पेस भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

पौडेललाई सभापति बनाउन नारायणदत्त भट्टको प्रस्ताव र जगत तिमल्सिनाको समर्थन रहेको थियो।

प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, चैत २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्