Kathmandu Press

सांसद श्रेष्ठद्वारा ‘जीवित आदिवासी सङ्ग्रहालय’ स्थापनाको प्रस्ताव

उनले प्रस्ताव गरेको सङ्ग्रहालय केवल एक भौतिक संरचना मात्र नभई आदिवासी जनजातिका भाषा बोलिने, लिपि लेखन सिकिने र परम्पराहरूको अभ्यास गरिने एक जीवन्त थलो हुने धारणा राखिन्।
सांसद श्रेष्ठद्वारा ‘जीवित आदिवासी सङ्ग्रहालय’ स्थापनाको प्रस्ताव

काठमाडौं, चैत २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठले ‘जीवित आदिवासी सङ्ग्रहालय’ स्थापना गर्न सरकारसँग माग गरेकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको बोल्दै उनले भाषा, लिपि र परम्पराको संरक्षणका साथै पर्यटन प्रवद्र्धन गर्न यस्तो अवधारणा प्रस्ताव गरेकी हुन्।

Hardik ivf

उनले प्रस्ताव गरेको सङ्ग्रहालय केवल एक भौतिक संरचना मात्र नभई आदिवासी जनजातिका भाषा बोलिने, लिपि लेखन सिकिने र परम्पराहरूको अभ्यास गरिने एक जीवन्त थलो हुने धारणा राखिन्।

‘नेपालको संविधानले आदिवासी पहिचान गर्ने अधिकार सुनिश्चीत गरेको भएतापनि यो कागजमा नै सिमित हुनुहुँदैन्  यस्तालाई जीवन्त रुपमा व्यवहारमा उतार्नु पर्छ। यस सन्दर्भमा ‘जीवित आदिवासी सङ्ग्रहालय’को अवधारणा प्रस्ताव गर्न चाहान्छु,’ उनले भनिन्, ‘यो केवल एक भौतिक संरचना मात्र नभई आदिवासी जनजातिका भाषा बोलिने, लिपि लेखन सिकिने र परम्पराहरूको अभ्यास गरिने एक जीवन्त थलोको रुपमा विचार गर्न सकिन्छ।’

त्यस्तै उनले यस किसिमको सङ्ग्रहालयले नेपालको पर्यटन क्षेत्रमा दिगो आम्दानी सिर्जना गर्न र विश्वसामु नेपालको विशिष्ट ब्रान्ड निर्माणमा थप इँटा थप्ने दाबी गरिन्।

प्रकाशित मिति: १४:४० बजे, मंगलबार, चैत २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्