Kathmandu Press

महोत्तरीमा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु, ३ जना घाइते

दुर्घटनास्थलमा मृत्यु भएको तीनै जनाको शव जलेको छ। मृतक र घाईतेहरुको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।
महोत्तरीमा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु, ३ जना घाइते

महाेत्तरी, चैत २४ : महोत्तरीको जलेश्वर सम्सी सडकखण्डमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ। 

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

Hardik ivf

दुबै मोटरसाईकलमा तीन/तीन जना सवार रहेको थियो। मोटरसाईकल एक आपसमा ठोक्किएपछि मोटरसाईकलमा आगो लागेको थियो। दुर्घटनास्थलमा मृत्यु भएको तीनै जनाको शव जलेको छ। मृतक र घाईतेहरुको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।

दुर्घटनास्थलमा फेला परेको सामानहरुका मृतकको शरीरमा रहेको कपडा हेर्दा मृत्यु हुने तीनै विद्यार्थी रहेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय जलेश्वर, महोत्तरीले जनाएको छ।

जलेश्वर नगरपालिकाको बारुण यन्त्र पुगेर मोटरसाईकलमा लागेको आगो निभाएको छ भने शवलाई पोस्टमार्टमको लागि लैजाने तयारी भइरहेको महोत्तरी प्रहरीले जनाएको छ। 

यता, घाइते भएको अन्य तीन जनालाई जलेश्वर अस्पताल लगिएको  ।

प्रकाशित मिति: १४:२९ बजे, मंगलबार, चैत २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्