अस्वस्थ भएपछि अस्पताल भर्ना भए उपराष्ट्रपति यादव
अस्वस्थ भएपछि उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियाे।
काठमाडौ, चैत २४ : उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएका छन्।
अस्वस्थ भएपछि उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियाे।
अस्पतालकाका अनुसार उपराष्ट्रपति यादवमा उच्चरक्तचाप र पेट ग्यास भरिएको छ।
अहिले उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
यादवलाई अस्पतालको भीआईपी क्याबिन नम्बर ७०१ मा राखिएको छ।
प्रकाशित मिति: ११:५६ बजे, मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1775649962.jpg)