Kathmandu Press

प्रतिनिधिसभा नियमावली नयाँ बनाइने

सोमबार बसेको सर्वदलीय बैठकले संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन नयाँ नियमावली बनाउने निर्णय गरेको हो।
प्रतिनिधिसभा नियमावली नयाँ बनाइने

काठमाडौं, चैत २३ : प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय भएको छ। 

सोमबार बसेको सर्वदलीय बैठकले संसदको कामकारबाहीलाई प्रभावकारी बनाउन नयाँ नियमावली बनाउने निर्णय गरेको हो।

नयाँ नियमावली बनाउन प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधनका लागि मस्यौदा समिति गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।

सर्वदलीय बैठकले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाउने निर्णय पनि ्गरेको छ।
 
प्रकाशित मिति: १२:३९ बजे, सोमबार, चैत २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्