Kathmandu Press

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उद्यमी संघईले उम्मेदवारी दिने

त्रिवेणी ग्रुपका निर्देशक समेत रहेका संघईले व्यवसायीको हकहितका पक्षमा लागि पर्ने अठोटसहित महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनलागेको बताउँछन्। 
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उद्यमी संघईले उम्मेदवारी दिने

काठमाडौं, चैत २३ : उद्यमी रामचन्द्र संघईले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। 

देशभरका उद्यमी व्यवसायी एवं महासंघका पूर्व अध्यक्षहरुसँगको सल्लाह र छलफलपछि संघईले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेका हुन्। 

विगत २२ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा निरन्तर क्रियाशील रहेका संघई महासंघको पूर्व उपाध्यक्ष हुन्। रविभक्त श्रेष्ठको पालादेखि महासंघमा काम गरेका संघई शेखर गोल्छाको कार्यकालमा एशोसियटतर्फको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति रहेका थिए। 

Hardik ivf

त्रिवेणी ग्रुपका निर्देशक समेत रहेका संघईले व्यवसायीको हकहितका पक्षमा लागि पर्ने अठोटसहित महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनलागेको बताउँछन्। 

अहिले त्रिवेणी ग्रुपअन्तर्गत उत्पादनमूलक, सेवामूलक र कृषिजन्य दर्जनौँ उद्योगहरू सञ्चालनमा छन्। करिब १८ हजार श्रमिक परिवार यी सबै उद्योगमा आबद्ध छन्। 

संघई साना तथा मझौला उद्यम व्यवसायमा पनि संलग्न छन्। साना तथा मझौला उद्यमी व्यवसायीले भोग्नुपरिरहेका समस्याबारे पूर्ण जानकार रहेको बताउँदै यसको समाधानमा आफू लागि पर्ने बताउँछन्। 

उद्योगी व्यवसायीका समस्या राम्रोसँग बुझ्न र महशुस गर्न सक्ने, रोजगारी सृजना गर्नसक्ने, उत्पादन बढाउन सक्ने एवं सरकारसमक्ष निजी क्षेत्रका समस्या समाधानमा पहल गर्नसक्ने नेतृत्व नै महासंघमा आवश्यक रहेको संघइले बताए।

नयाँ सरकारले निजी क्षेत्रसँग नजिक रहेर काम गर्न जरुरी रहेको र निजी क्षेत्रले पनि सरकारसँग मिलेरै काम गर्न आवश्यक भएको वताउदै संघईले यसका लागि ठोस नीतिगत सुधार आवश्यक रहेकोमा उनको जोड छ। 

लगानी वातावरण सुधार, निजी क्षेत्रको सुरक्षा र उद्योग प्रवद्र्धनका लागि समयसिमा सहितका काम अघि वढाउने सरकारको घोषणाले निजी क्षेत्र उत्साहित बनेको संघईको भनाई छ।

सत्तारुढ दलका सभापतिले संसदको पहिलो सम्बोधनका क्रममा निजी क्षेत्रलाइ आस्वस्त पार्दै गरेको सम्बोधनले समेत थप हौसला मिलेनको उनी बताउँछन्। संघईले नयाँ सरकारले जनविश्वासमा अडेर देश र जनताको पक्षमा काम गर्नेहो भने अवको ५ बर्ष नेपालका लागि स्वर्ण युग सावित हुने उल्लेख गरे।

महासंघको ६० औं वार्षिक साधारणसभा चैत्र २९ र ३० गते काठमाडौंमा आयोजना हुँदैछ। साधारणसभाले निर्वाचित गरेको कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ।

प्रकाशित मिति: १२:२८ बजे, सोमबार, चैत २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्