Kathmandu Press

फुटबलर विराज महर्जन र विकेश कुथुले समर क्याम्प गर्ने 

क्याम्प चैत्र २८ गते शनिबार देखि २०८३ साल वैशाख ५ गतेसम्म चल्नेछ। क्याम्प सातदोबाटो स्थित एनएसएफ स्पोर्ट्स कम्प्लेक्समा बिहान ७ बजेदेखि ९ बजेसम्म हुनेछ। 
फुटबलर विराज महर्जन र विकेश कुथुले समर क्याम्प गर्ने 

काठमाडौं, चैत २३ : नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथुले आफूले सिकेको ज्ञाने युवा खेलाडीलाई दिन समर क्याम्पको आयोजना गर्ने भएका छन्।

विराज र विकेशद्वारा सञ्चालित ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले विद्यालयको अन्तिम परीक्षा सकिएलगत्तै विद्यार्थीहरूको लामो बिदालाई लक्षित गर्दै उक्त क्याम्प आयोजना गर्न लागिएको हो। 

Hardik ivf

क्याम्प चैत्र २८ गते शनिबार देखि २०८३ साल वैशाख ५ गतेसम्म चल्नेछ। क्याम्प सातदोबाटो स्थित एनएसएफ स्पोर्ट्स कम्प्लेक्समा बिहान ७ बजेदेखि ९ बजेसम्म हुनेछ। 

जसको दर्ता शुल्क रु ५००० तोकिएको छ। क्याम्पमा विद्यार्थीको मनोरञ्जन, कौशलता विकास, खेल प्रति लगाव, प्रगतिशील प्रशिक्षणलाई मध्यनजर गरिने बताइएको छ। 

Twelve-Summer-Camp-1775452321.jpeg
 

विद्यार्थीको मानिसको र शारीरिक स्वास्थ्यका साथै नेपालको लोकप्रिय खेल फुटबलमा सानै उमेर देखि आकर्षित पार्ने योजना पनि यस क्याम्पको रहेको छ । एसियाली फुटबल महासंघ (एएफसी) प्रमाणित प्रशिक्षकहरूबाट प्रशिक्षण दिइने हुँदा यस क्याम्पले विद्यार्थीको फुटबल कौशलता वृद्धिमा मदत पुर्याउने विश्वास सेन्टरले लिएको छ। 

क्याम्पमा सहभागी मध्यबाट सम्भावना देखिएका २ प्रशिक्षार्थीले १ वर्षको लागि ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरमा छात्रवृत्ति पाउने छन्। 

६ महिनाअघि सञ्चालन भएको यस ट्रेनिङ सेन्टरले ग्रासरुट तह बाटनै एउटा खेलाडीलाई चाहिने प्रशिक्षण सुविधा उपलब्ध गराउँदै आएको छ । हरेक साता शनिबार नियमित प्रशिक्षण सञ्चालन हुँदै आएको छ।

प्रकाशित मिति: १०:५७ बजे, सोमबार, चैत २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्