Kathmandu Press

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति

नेपाली सेनाद्वारा मध्य पश्चिम मुख्यालय बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको  उद्घाटन गर्दै प्रधानसेनापति सिग्देलले देशको सार्वभौमिकताको रक्षाका लागि सेनाले निर्वाह गरेको भूमिकालगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपत् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनाले नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय एवं सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताएका हुन् । 
नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति

काठमाडौं, चैत २२ : प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पुर्‍याउँदै आएको बताएका छन् ।

नेपाली सेनाद्वारा मध्य पश्चिम मुख्यालय बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको  उद्घाटन गर्दै प्रधानसेनापति सिग्देलले देशको सार्वभौमिकताको रक्षाका लागि सेनाले निर्वाह गरेको भूमिकालगायत आन्तरिक सुरक्षा, विकास निर्माण, विपत् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनाले नेपाली सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय एवं सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताएका हुन् । 

Hardik ivf

नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा थप विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानु सबैको साझा दायित्व भएको स्मरण गराए । हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले देखाएको उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र एवं कार्य कुशलताको सर्वत्र प्रशंसा भएको बताउँदै यस कार्यमा अवकाश प्राप्त भूतपूर्वसैनिकहरूको महत्वपूर्ण योगदान रहेको आफूले अनुभूत गरेको उल्लेख गरे ।  

उनले नेपाली सेना, कल्याणकारी बोर्डले देशमा रहेका हितकारीहरूलाई एउटै छानामुनि ल्याउनका लागि सञ्जाल बनाउने र विस्तार गर्ने कार्य गर्दै आइरहेको बताउँदै हितकारीहरूको सङ्ख्याका आधारमा देशव्यापी राष्ट्रिय सञ्जालका रूपमा वडा तहसम्म विस्तार गर्ने अभियान तीव्र गतिमा अघि बढाइएको बताए  ।

सम्मेलनमा उपस्थित भएका भूतपूर्वसैनिक तथा बहालवाला तथा भूतपूर्व सैनिकका अशक्त आश्रित परिवारमध्ये विभिन्न कर्जा प्राप्त गर्ने ऋणीहरूलाई चेक हस्तान्तरण, कल्याणकारी कार्यक्रमअन्तर्गत सर्वोत्कृष्ट र उत्कृष्ट लघुउद्यम व्यवसायीहरूलाई पुरस्कार वितरण गरिएको थियो । ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिलालाई सम्मान तथा आफ्ना चार जना वा सोभन्दा बढी सन्तानलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गरेको योगदानको कदरस्वरुप आमाबाबुमध्ये एक जनालाई कदरपत्र तथा नगद पुरस्कार गरिएको थियो ।

प्रकाशित मिति: ०८:२२ बजे, सोमबार, चैत २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्