संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक आज बस्दै
बैठकमा संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्ने बताइएको छ ।
काठमाडौं, चैत २३ : संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । बैठक आज (चैत २३) बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्ने बताइएको छ । बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ ।
आजै संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै छ ।
प्रकाशित मिति: ०८:०६ बजे, सोमबार, चैत २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












