Kathmandu Press

कुन्ती मोक्तानको भर्चुअल प्रस्तुतीमा डेढ लाख दर्शक

काठमाडौं, जेठ १२ : गायिका कुन्ती मोक्तान लकडाउन भएदेखि घरायसी काम व्यस्त भएकी छिन्। बिहान उठेर संगितिक रियाज गर्नु, घरको हरेका काम गर्नु भान्छाको काम ....

कुन्ती मोक्तानको भर्चुअल प्रस्तुतीमा डेढ लाख दर्शक

काठमाडौं, जेठ १२ : गायिका कुन्ती मोक्तान लकडाउन भएदेखि घरायसी काम व्यस्त भएकी छिन्। बिहान उठेर संगितिक रियाज गर्नु, घरको हरेका काम गर्नु भान्छाको काम गर्नु उनको दैनिकी बनेको छ। 

लकडाउन सुरु भएदेखि उनले घरमा काम गर्ने मानिस बोलाएकी छैनन्। श्रीमान्, छोरी, ज्वाईलाई आफैले बनाएको खाना खुवाउन पाउँदा खुसी लागेको उनी बताउँछिन्।
शनिबार भने उनको दैनिकी अलि पृथक बन्यो। कोरोनालाई बिर्सेर सांगितिक माहोलमा रमाउने जमर्कोमा गायिका कुन्ती मोक्तान अनलाइनमार्फत दर्शकमाँझ उपस्थित भइन्। कुन्ती मोक्तान युट्युब च्यानलमार्फत उनल आफ्नो १३औं एल्बममा समावेश भएको ‘गाउँको मेरो झुपडी’ बोलको गीत प्रस्तुत गरेकी छिन्। 

Hardik ivf

एक घण्टाको उनको प्रस्तुतीलाई डेढ लाख मानिसले हेरेका थिए।   यसरी भर्चुल प्रस्तुतीमा दर्शकले देखाएको मायालाई उनले जीवनको अविस्मरणीय क्षणको रुपमा लिएकी छिन्। ‘त्यत्रा दर्शकलाई प्रत्यक्ष भेट्न पाएको भए त्यो जस्तो गजब के नै हुन्थ्यो होला र तर पाएनौ दुःख त्यसमा नै लाग्यो।’ 

प्रस्तुतीमा उनलाई सांगिततर्फ साथ शिला बहादुर मोक्तान र मञ्जित बिक्रम केसीले दिएका थिए। उक्त प्रस्तुतिमा उनले ‘गोठाला जाँदा लाएको माया...’, ‘कति जल्छौं आरिसैले...’, ‘भन्छन् कोही जिन्दगी यो ...’ लगायत गीत गाएको थिइन्। कार्यक्रमको बीचमा उनले गाएको सिर्जनासँग जोडिएका घटक्रम सुनाउँदा कार्यक्रम झन् शसक्त बनेको थियो ।

लामो समयपछि यस वर्ष उनी नयाँ एल्बम बजारमा ल्याउने तरखर्रमा थिइन्। एल्बमको गीत रर्कड भइसकेको छ। साथै भिडियो पनि बनिसकेको छ। सांगित क्षेत्रको अग्रज स्रष्टा, साथीभाई इष्टमित्र बोलाएर एल्बम विमोचन गर्ने उनको योजना थियो। एल्बम विमोचनको संघारमा पुग्दा लकडाउन भएपछि उनका रचना थन्किएका छन्। 

उनले लामो समयसम्म घरभित्र बस्नुपर्दाको छटपट्टिलाई बिर्सन र एकैछिन् भएपनि कोरोनाको त्रासलाई बिर्सन अनलाइनतर्फ दर्शकसँग जोडिने प्रयास गरेको सुनाइन्। अनलाइनमार्फत आफ्नो सिर्जना सजिलैसँग दर्शकसमक्ष पस्किन पाउँदा राम्रो अनुभव मिलेको उनी बताउँछिन्। 

उनको परिवार नै सांगितिक क्षेत्रमा लागेका छन। संगीतकार शिला मोक्तान उनको जीवन साथी हुन भने, छोरी शितल र सुवानी मोक्तानले पनि नेपाली सांगितिक क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका छन्। 

यस्तै सुवानीले पनि ‘माथिल्लो लेकमा...’ बोलको गीत गाएकी थिइन्।

प्रकाशित मिति: १८:११ बजे, सोमबार, जेठ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्