दीपक खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
काठमाडौं, चैत २२ : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ।
खड्काविरूद्ध भदौ २४ गते उनको घरमा जलेका नोटको सम्बन्धमा अनुसन्धान अघि बढाएको हो।
प्रकाशित मिति: १८:३५ बजे, आइतबार, चैत २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार