Kathmandu Press

डा. नारायणदत्त कँडेल बने महान्यायाधिवक्ता

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौड्लल् डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्।
डा. नारायणदत्त कँडेल बने महान्यायाधिवक्ता

काठमाडौं, चैत २२ : डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त भएका छन्। 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौड्लल् डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्।

आइतार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन्।

डा. कँडेलले रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको रूपमा काम गरेका थिए।

प्रकाशित मिति: १७:२७ बजे, आइतबार, चैत २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्