नवनियुक्त सभामुख अर्यालले लिए शपथ
आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्।
काठमाडौं, चैत २२ : नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले पद तथा गोपनियताको शपथ लिएका छन्।
आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्।
उनी आइतबार नै बसेको प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतरुपमा सभामुख निर्वाचति भएका थिए।
सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: १६:०३ बजे, आइतबार, चैत २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












