Kathmandu Press

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, ५० वर्षीय इस्माइल मिया पक्राउ

वीरगन्ज–८ दुर्गा रोडमा किराना र मासु पसल सञ्चालन गर्ने छपकैया निवासी ५० वर्षीय इस्माइल मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, ५० वर्षीय इस्माइल मिया पक्राउ

वीरगन्ज, चैत २१ : वीरगन्ज महानगरपालिकामा-१ मा ११ वर्षीया बालिकामाथि यौनजन्य हिंसाको प्रयास गर्ने अधबैँसे पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वीरगन्ज–८ दुर्गा रोडमा किराना र मासु पसल सञ्चालन गर्ने छपकैया निवासी ५० वर्षीय इस्माइल मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Hardik ivf

परिवारका अनुसार बिहान करिब ११ बजेको समयमा पीडित बालिका (परिवर्तित नामस् रिमा) पसलको पुरानो बाँकी रकम तिर्न गएकी थिइन्। सोही मौका छोपी मियाले बालिकालाई पसलभित्र लगी मोबाइलमा अश्लिल भिडियो देखाउँदै अनैतिक कार्यको प्रयास गरेका थिए। 

५० वर्षका मियाले नातिनी उमेरकी बालिकामाथि गरेको यो हर्कतले स्थानीयलाई स्तब्ध बनाएको छ।

अपराधीको हातै टोकेर भागिन्

आफूमाथि जबरजस्ती गर्न खोजेपछि ती बालिकाले अदम्य साहस प्रदर्शन गरेकी थिइन्। उनले अभियुक्त मियाको हातमा दाँतले जोडले टोकेर उसको चङ्गुलबाट उम्कन सफल भएकी थिइन् । अपराधीको पन्जाबाट उम्किएर घर पुगेकी बालिकाले रुँदै परिवारलाई घटनाबारे जानकारी गराएकी थिइन्।

घटनापछि आक्रोशित बनेका आफन्त र स्थानीय बासिन्दा पसलमा पुग्दा मिया पसल बन्द गरी फरार भइसकेका थिए। पीडित परिवारले वडा प्रहरी कार्यालय बिर्तामा लिखित निवेदन दिए लगत्तै प्रहरीले सक्रियता बढाएको थियो । लुकिछिपी बसेको अवस्थामा मियालाई छपकैयाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ परेका मियामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नवबालिकामाथि भएको यस जघन्य अपराधको प्रयासलाई लिएर वीरगन्जवासीले कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति: १५:५६ बजे, शनिबार, चैत २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्