Kathmandu Press

रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना

‘जब सूचना जनताको हक हो भन्ने मान्यता स्थापित भयो, त्यसपछि रेडियो नेपालको स्थापना भई यसले निरन्तर योगदान दिँदै आएको छ,’ उनले भने।
रेडियो नेपाल समयअनुकूल परिमार्जन हुनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौं, चैत २० : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले रेडियो नेपालको ऐतिहासिक महत्व र वर्तमान सान्दर्भिकताबारे जोड दिएका छन्।

रेडियो नेपाल को ७६औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले नेपालको मनोरञ्जन र सूचना प्रवाहको इतिहासमा रेडियो नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै लोकतन्त्रको विकाससँगै यसको आवश्यकता निर्देशित भएको बताए।

Hardik ivf

‘जब सूचना जनताको हक हो भन्ने मान्यता स्थापित भयो, त्यसपछि रेडियो नेपालको स्थापना भई यसले निरन्तर योगदान दिँदै आएको छ,’ उनले भने।

उनले समयसँगै सञ्चार क्षेत्र, बजार तथा प्रसारण विधिमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै रेडियो नेपालले पनि आफूलाई समयअनुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए।

मन्त्री तिमिल्सिनाले संस्थाको दिगोपनाका लागि आत्मसुधार अपरिहार्य रहेको उल्लेख गर्दै बाह्य सहयोगभन्दा आन्तरिक सुधारमा जोड दिनुपर्ने धारणा व्यक्त गरे।

‘रेडियो नेपालमा के गर्न जरुरी छ, सुधार गर्न के जरुरी छ, जनताको अपेक्षा के छ, अहिले र पहिलेको रेडियोमा धेरै फरक छ। बजार फरक भएको छ। प्रसारणको तरिका फरक भएको छ, आम सञ्चरप्रतिको बुझाई फरक भएको छ। हामी कति फरक भएका छौं आज भन्ने मूलभूत प्रश्न हो । हामीले वास्तवमा आफूलाई जोगाउन पनि आफैंले हो कसैले हामीलाई जोगाउँदैन,’ उनले भने।

यसै क्रममा उनले वर्तमान कार्यचापबारे पनि टिप्पणी गर्दै कार्यक्रमहरूमा सहभागी हुनुपर्ने बाध्यताले काममा प्रभाव पार्ने गरेको बताए।

‘अहिले कामको चापले हामी च्यापिएका छौं। कार्यक्रममा जान नपरे पनि हुन्थ्यो जस्तो लाग्छ। काम मात्रै गरिरहन पाए हुन्थ्यो, परिणाम मात्रै दिइरहन पाए हुन्थ्यो भन्ने त्यो चिन्तनले पनि हामी थिचिएका छौं,’ उनले भने।

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, चैत २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्