Kathmandu Press

सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने : संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

‘हामीसँग संविधान छ, कानुन छ। सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेका छन्, म त्यही अनुसार अघि बढ्नेछु,’ उनले भने।
सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने : संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

काठमाडौं, चैत २० : प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन्।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्यालले आफू संविधान र कानुनको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

Hardik ivf

‘हामीसँग संविधान छ, कानुन छ। सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेका छन्, म त्यही अनुसार अघि बढ्नेछु,’ उनले भने।

उनले सभामुखको जिम्मेवारी पाउने प्रक्रिया जारी रहेको उल्लेख गर्दै प्रक्रिया पूरा भई जिम्मेवारीमा पुगेमा संविधान, कानुन, जनताको हित र राष्ट्रियताको पक्षमा रहेर काम गर्ने स्पष्ट पारे । साथै, व्यवस्थापिकाले गर्नुपर्ने कामहरू न्यायसम्मत रूपमा अगाडि बढाउने उनको भनाइ छ।

‘मैले जुन जिम्मेवारी पाउँदै छु त्यसको निर्णय प्रक्रियामै छ। प्रक्रिया सक्किएर त्यो जिम्मेवारीमा पुगे भने नेपालको संविधान, नेपालको कानुन, नेपाली जनताको हितमा र राष्ट्रियताको हितमा व्यवस्थापिकाले गर्नुपर्ने काम न्याय संम्वद्ध मैले गर्ने छु,’ उनले भने।

प्रकाशित मिति: १४:१० बजे, शुक्रबार, चैत २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्