Kathmandu Press

एमाले सचिवालय बैठक बस्दै, कार्यबाहक अध्यक्षका अभिव्यक्तिकाे बारेमा छलफल हुने

बादलको अभिव्यक्ति पार्टीका स्थापित नीति र मान्यता विपरीत भएकाले त्यसबारे सचिवालय बैठकमा ‘गम्भीरतापूर्वक’ छलफल हुने एमाले नेताहरुले बताएका छन्।
एमाले सचिवालय बैठक बस्दै, कार्यबाहक अध्यक्षका अभिव्यक्तिकाे बारेमा छलफल हुने

काठमाडौं, चैत २० : नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। 

दिउँसो १ बजे बस्ने बैठकमा कार्यबाक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले बिहीबारको प्रतिनिधि सभा बैठकमा गरेको सम्बोधनबारे छलफल हुने बताइएको छ। 

Hardik ivf

बादलको अभिव्यक्ति पार्टीका स्थापित नीति र मान्यता विपरीत भएकाले त्यसबारे सचिवालय बैठकमा ‘गम्भीरतापूर्वक’ छलफल हुने एमाले नेताहरुले बताएका छन्।

एमालेको कार्यवाहक अध्यक्ष समेत रहेका थापाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा फागुन २१ को चुनावको सन्दर्भमा सम्पूर्ण परिणाम षड्यन्त्र र यी निकायहरूको मिलेमतोमा आएको खालको अभिव्यक्ति दिएका थिए। 

संसदमा सम्बोधनका क्रममा उनले एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी नेपाली सेना, कर्मचारीदेखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए।

उनको विवादित अभिव्यक्तिप्रति नेताहरुले प्रश्न उठाएका छन्। त्यसबारे सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने बताइएको छ।

प्रकाशित मिति: ११:०० बजे, शुक्रबार, चैत २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्