Kathmandu Press

सभामुख निर्वाचन : आज उमेदवारी दर्ता

तालिकाअनुसार, शुक्रबार बिहान ११ देखि २ बजेसम्म उमेदवारी दर्ताको समय तोकिएको छ । संघीय संसद् सचिवालय सिंहदरबारमा उमेदवारी दर्ता गर्न सकिने जनाइएको छ ।
सभामुख निर्वाचन : आज उमेदवारी दर्ता
Hardik ivf

काठमाडौं, चैत २० : प्रतिनिधिसभा सभामुखका निम्ति शुक्रबार (चैत २०) उमेदवारी दर्ताको समय दिइएको छ । संघीय संसद् सचिवालयले प्रकाशित गरेको तालिकाअनुसार सभामुख चयनका लागि आइतबार (चैत २२)मा निर्वाचन हुनेछ ।

तालिकाअनुसार, शुक्रबार बिहान ११ देखि २ बजेसम्म उमेदवारी दर्ताको समय तोकिएको छ । संघीय संसद् सचिवालय सिंहदरबारमा उमेदवारी दर्ता गर्न सकिने जनाइएको छ । दिउँसो २ः३० बजे उमेदवारी दर्ताको नामावली प्रकाशन गरिनेछ ।

सदनमा १८२ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई सभामुख बनाउने निर्णय गरिसकेको छ । 

प्रकाशित मिति: ०८:०६ बजे, शुक्रबार, चैत २०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्