राष्ट्र बैंकले पूर्वराजाको तस्वीर अंकित नोटमा बन्देज लगाएको हो?
काठमाडौं, जेठ १२ : नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको ‘क्लिन नोट पोलेसी’ मा पूर्वराजाको तस्वीर अंकित पुराना नोटहरु चलनचल्तीमा नल्याउन ....

काठमाडौं, जेठ १२ : नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको ‘क्लिन नोट पोलेसी’ मा पूर्वराजाको तस्वीर अंकित पुराना नोटहरु चलनचल्तीमा नल्याउन बैंकहरुलाई सर्कुलर गरेको छ।
कतिपयले राष्ट्र बैंकको सर्कुलरलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ मा गरेको नोटबन्दीको नेपाली संस्करणका रुपमा पनि बुझे। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीका कतिपय शैली पछ्याउने गरेकाले पनि नोटबन्दी हो कि भनेर शंकाहरु बढ्न थालेका छन्।
राष्ट्र बैंक भने पुराना नोट खिचेर बजारमा नयाँ नोटको कारोबार हुने पुरानै नीति अनुसार त्यस्तो सर्कुलर जारी गरिएको बताउँछ। ‘यो पहिले भएकै विषय हो, यसमा कुनै नयाँ कुरा छैन,’ प्रवक्ता डा. गुणकार भट्टले भने,‘कतिपय मिडियाले के बुझे राजाको तस्वीर अंकित नोट नचल्ने भन्ने ढंगले प्रचार भयो। तर, त्यसो होइन।’
राष्ट्र बैंकले जारी गरेको ‘क्लिन नोट पोलेसी’ को बुँदा नम्बर ७ मा भनिएको छ, ‘झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण, विशेषता नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कोरिएको, मेटिएको च्यातिएको वा पूर्वराजाको तस्वीर अंकित भएको नोटलाई पुनः निष्काशन अयोग्य नोटका रुपमा वर्गिकरण गर्नुपर्नेछ र त्यस्ता नोटलाई चलनचल्तीका लागि पठाउन हुँदैन।’
राष्ट्र बैंकका प्रवक्ता भट्टले भने पूर्वराजाको तस्वीर भएका पुराना नोटका हकमा मात्रै खिच्ने नीति सरकारको रहेको बताउँछन्।
‘२०७३ मा जारी भएको सफा नोट नीतिमा संशोधन गरी चलनचल्तीमा जाने नोटका सम्बन्धमा थप प्रोत्साहन गर्न कोभिड–१९ महामारीलाई पनि दृष्टिगत गरी नयाँ सर्कुलर जारी गरिएको हो,’ भट्टले भने, ‘नोट छपाइ तथा ढुवानीमा भइरहेको असहजतालाई दृष्टिगत गरी प्रयोगमा ल्याउन सकिने अवस्थामा रहेका ठूलो संख्याका नोटलाई जलानमा नलगेर पुनः बजारमा लैजान सहयोग पुग्ने हिसाबले निर्णय भएको हो।’
सफा नोट नीतिमा गरिएको संशोधनले चलनचल्तीमा जान अयोग्य नोटबारे रहेको साविकको व्यवस्थालाई थप प्रष्टमात्र पारेको र यस व्यवस्थाले सर्वसाधारणलाई कुनै असुविधा नहुने उनी बताउँछन्। राष्ट्र बैंकको नयाँ सर्कुलरले पूर्वराजाको तस्वीर अंकित नोट प्रयोग नगर्न सर्कुलर जारी गरे पनि चलनचल्तीमै नल्याउने गरी बन्देज भने लगाएको छैन।
यस्तो थियो आइतबारको सर्कुलर :
आलोचनापछि सोमबार जारी भएको विज्ञप्ति










-1754206481.jpg)
