Kathmandu Press

पर्सा अदालतले रविलाई दियो वारेसमार्फत मुद्दा लड्न पाउने सुविधा

न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले बिहीबार रविलाई वारेसमार्फत मुद्दा लड्न पाउने आदेश दिएको हो। 
पर्सा अदालतले रविलाई दियो वारेसमार्फत मुद्दा लड्न पाउने सुविधा

पर्सा, चैत १९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पार्स जिल्ला अदालतले वारेसमार्फत मुद्दा लड्न पाउने सुविधा दिएको छ।

रविविरुद्ध पर्सा जिल्ला अदालतमा सानोपाइला बचत तथा ऋण सहकारीको रकम ठगी प्रकरणको मुद्दा छ। 

न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले बिहीबार रविलाई वारेसमार्फत मुद्दा लड्न पाउने आदेश दिएको हो। 

बुधबार जिल्ला अदालतमा  तारेख बुझ्न पगेका रविले वारेस पाउन पनि माग गरेका थिए। 

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, चैत १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्