Kathmandu Press

संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य केसीले भने।
संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

काठमाडौं, चैत १९ : प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ। 

जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक २२ चैतमा बस्ने गरी पहिलो बैठक समापन भएको घोषणा गरेका हुन्। दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढ्ने जनाइएको छ।

‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य केसीले भने।

पहिलो बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए भने गृहमन्त्री सुदन गुरुङ तीन वटा अध्यादेश पेश गरेका थिए।

प्रकाशित मिति: १६:३५ बजे, बिहीबार, चैत १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्