वर्षा राउतका कारण शिवाकोटीलाई तनाव
काठमाडौं, जेठ १२ : दुई दिनअघि एक अन्तर्वार्ताका क्रममा विवादास्पद अभिव्यक्ति दिएपछि नायिका वर्षा राउत अहिले चर्चामा छिन्। सामाजिक सञ्चालमा वर्षाा राउत....

काठमाडौं, जेठ १२ : दुई दिनअघि एक अन्तर्वार्ताका क्रममा विवादास्पद अभिव्यक्ति दिएपछि नायिका वर्षा राउत अहिले चर्चामा छिन्। सामाजिक सञ्चालमा वर्षाा राउतविरुद्ध नकारात्मक टिकाटिप्पणी भइरहेका छन्।
समाजिक सञ्जालमा व्यापक विरोध भएपछि वर्षा राउत तनावमा पनि आइन्। उनले गल्ती स्वीकार गर्दै बोल्दा शब्द चयन गलत भएको भन्दै सामाजिक सञ्जालबाटै माफी मागेकी छिन्।
नायिका राउत विवादित बन्दा त्यसको प्रत्यक्ष असर अर्की नायिका वर्षा शिवाकोटीमा परेको छ। नाम र पेसा एउटै भएकाले समाजिक सञ्जालमा वर्षा शिवाकोटीलाई गाली गर्नेहरु पनि थुप्रै देखिएका छन्। सामाजिक सञ्जालमा आफ्ना बारेमा नकारात्मक टिप्पणीले शिवाकोटी पनि तनावमा छिन्।
त्यसैले उनले सोमबार दिउँसो नमस्तै गरेको एउटा फोटो पोस्ट गर्दै लेखिन्, ‘नमस्ते म वर्षा शिवाकोटी ! धन्यवाद !’ सँगै उनले कोस्टमा लेखेकी छिन्, ‘मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम र थर हेर्न कस्ट गर्नुहोला।’
यस विषयमा काठमाडौं प्रेसले प्रतिक्रिया लिनखोज्दा वर्षा शिवाकोटीले आफ्नो फेसबुक स्टाटस जस्तै छोटो प्रतियोगिता दिइन्, ‘उता गर्नुपर्ने कमेन्टहरू यता आउन थालेको छ। यसले हल्का तनाव दिएको छ। खासै केही भन्नु छैन।’
एक लाइभ अन्तर्वार्तामा वर्षा राउतले ‘देशको माया लाग्छ भन्दैमा, यो त हाम्रै हो भन्दै झगडा गर्ने कुरा होइन, यो त टेवल टक गरेर सुझाल्यााााउने कुरा हो। यहाँ दुवै देशका पत्रकारहरु मिलेर झगडा बढाइरहेका छन्। अहिलेको अवस्थामा मैले भारतीय साथीहरुसँग फेस गर्ने र भारतीय साथीहरुले मसँग कसरी फेस गर्ने भन्ने भइरहेको छ’ भनेकी थिइन्। लगत्तै वर्षा राउतको २९ सेकेन्डको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।









-1783580717.jpeg)
