Kathmandu Press

देश जलाउनेहरूलाई महानायक बनाइयो : बादल

उनले कुन उद्देश्य पूरा गर्नको लागि राजनीतिक नेतृत्वहरूलाई पक्राउ गर्ने प्रपञ्च रचिँदैछ ? किन देशव्यापी रूपमा दमनचक्र र राज्य आतङ्क मच्याइँदैछ भनेर प्रश्न गरे।
देश जलाउनेहरूलाई महानायक बनाइयो : बादल

काठमाडौं, चैत १९ : नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरेको भन्दै आपत्ति जनाए।

Hardik ivf

‘बाह्य दृष्टिले कसले निर्णायक भूमिका गरे? असंख्य तथ्यहरुले के स्पष्ट गर्दछन् भने अदृश्य शक्तिहरु टिओबी, एआई, अल्गोरिदम जसले राष्ट्रियता लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुंकार खलनायक र हत्याराका रुपमा स्थापित गरे,’ उनले भने, ‘जसले देश जलाउने, आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई महानायक बनाए । ति संस्था र पात्रहरुले नै बाह्य रुपमा यो जादुमय निर्णायक भूमिका खेले।’

देश जलाउनेहरूलाई महानायक बनाएको उनको भनाइ छ। उनले कुन उद्देश्य पूरा गर्नको लागि राजनीतिक नेतृत्वहरूलाई पक्राउ गर्ने प्रपञ्च रचिँदैछ ? किन देशव्यापी रूपमा दमनचक्र र राज्य आतङ्क मच्याइँदैछ भनेर प्रश्न गरे।

उनले भदौ २३ र २४ गतेको घटनालाई लिएर प्रश्नैप्रश्न उठाए । उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको यो अभूतपूर्ण जितमा आन्तरिक रुपमा क–कसको निर्णायक भूमिका रह्यो भन्दै प्रश्न गरे।

‘प्रधानमन्त्री बालेन शाह नेतृत्वको यो अभूतपूर्ण जितमा आन्तरिक रुपमा क कसको निर्णायक भूमिका रह्यो ? तथ्यहरुले के स्पस्ट गर्दछ भने मुख्यत नेपाली सेना, ब्यूरोकेशी, सुशीला सरकार, कार्की आयोग आदी संस्था तथा पात्रहरुको यो विजयमा निर्णायक भूमिका रह्यो,’ उनले भने, ‘त्यसैले ति संस्था तथा पात्रहरुलाई पनि म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु। यो जादुमय विजयका लागि।’

प्रकाशित मिति: १५:५३ बजे, बिहीबार, चैत १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्