जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू? : कांग्रेस
‘कसैले २३ को दमन नदेख्ने, २४ को ध्वंस देख्ने। कसैले २४ नदेख्ने?’ उनले भने, ‘आयोगले २३ को घटनाको अनुसन्धान र कारबाही सिफारिस गर्यो तर २४ को भ्याइएन भन्यो। आयोगका सदस्यबाट नियतवश भएको होइन भन्न सकिन्न।’
काठमाडौं, चैत १९ : नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले नै सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमै पढ्ने भन्दै प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेको छ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद भीष्मराज आङ्दाम्बेले यस्तो प्रश्न गरे।
‘नयाँ प्रधानमन्त्रीजिलाई म ध्यानाकर्षण गराउन चाहन्छु, जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्नेरु सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस् िकांग्रेस दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुन्न भन्ने मान्यता विगतदेखिनै बोक्दै आएको छ। यो मान्यतामा हामी आज पनि प्रष्ट र दृढ छौं।’
उलने आयोगले २३ को दमन देख्ने, २४ को ध्वंस नदेखेको पनि बताइ,
‘कसैले २३ को दमन नदेख्ने, २४ को ध्वंस देख्ने। कसैले २४ नदेख्ने?’ उनले भने, ‘आयोगले २३ को घटनाको अनुसन्धान र कारबाही सिफारिस गर्यो तर २४ को भ्याइएन भन्यो। आयोगका सदस्यबाट नियतवश भएको होइन भन्न सकिन्न।’
कांग्रेस दोषी कोही उम्कनुहुन्न र निर्दोष फस्नुहुन्न भन्नेमा दृढ रहेको उनले उल्लेख गरे।
‘जेनजी विद्रोहजस्तो घटना भविष्यमा नहोस् भन्ने सोचविचार गर्न जरुरी छ,’ उनले भने, ‘संसद् भवन २४ गते खरानी भयो। त्यो बेलको खरानी सम्झेर संकल्प गरौं– यो देशलाई खरानी बनाउन अब कोही अघि नसरौं।’



-1790332718.jpg)




-1790332718.jpg)


