Kathmandu Press

राष्ट्रिय सभामा कांग्रेसको भूमिका सक्रिय र जनमुखी हुन्छ : रोकाया

‘आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्यो र २१ फागुनको निर्वाचनपछि नयाँ सरकार आइसकेपछि यो पहिलो संसदको बैठक हो। यस बैठकमा नेपाली कांग्रेस कसरी जाने भन्ने सन्दर्भमा छलफल भएको छ,’ उनले भने।
राष्ट्रिय सभामा कांग्रेसको भूमिका सक्रिय र जनमुखी हुन्छ : रोकाया

काठमाडौं, चैत १९ : नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद कृष्णबहादुर रोकायाले संसदमा पार्टीको भूमिका सक्रिय र जनमुखी रहने बताएका छन्।

विहीबार कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ सरकार गठनपछि बसेको पहिलो संसदीय बैठकमा पार्टीको रणनीतिबारे विस्तृत छलफल भएको जानकारी दिए।

Hardik ivf

‘आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्यो र २१ फागुनको निर्वाचनपछि नयाँ सरकार आइसकेपछि यो पहिलो संसदको बैठक हो। यस बैठकमा नेपाली कांग्रेस कसरी जाने भन्ने सन्दर्भमा छलफल भएको छ,’ उनले भने।

उनका अनुसार बैठकमा कांग्रेस सांसदहरूले संसदमा आफ्नो भूमिका सक्रिय रूपमा निर्वाह गर्ने, सरकारबाट आउने जनपक्षीय र कानुनसम्मत प्रस्तावहरूलाई समर्थन गर्ने तथा विधि र कानुन मिचेर देशको हितविपरीत हुने गतिविधिमा सशक्त खबरदारी गर्ने सहमति भएको छ।

रोकायाले कांग्रेसले सरकारलाई आवश्यक अवस्थामा सहयोग गर्ने तर गलत कदमप्रति सजग र सचेत बनाउने जिम्मेवारी पनि निर्वाह गर्ने स्पष्ट पारे।

‘नेपाली कांग्रेसका सांसदहरुले आफ्नो भुमिकालाई सक्रियता पूर्वक भूमिका निर्वाह गर्ने र सरकारले ल्याउने जनताको पक्षमा ल्याउने जतिपनि जनपक्षीय सवालमा त्यसलाई समर्थन गर्ने, कानुन सम्मत ल्याउने कुरालाई समर्थन गर्दै जाने र विधि र कानुनलाई मिच्दै जाने ढङगले देशको अहित हुने कुरामा खवरदारी गरि सरकारलाई सजक र सचेत बनाउछौ भन्ने कुरामा छलफल भएको छ,’ उनले भने।

प्रकाशित मिति: १५:२७ बजे, बिहीबार, चैत १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्