न्याय पाउने पहिलो हक शहीदकी आमाको हो : रवि लामिछाने
‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो यसलाई प्रतिशोधन भन्न पाइनेछैन,’ उनले भने।
काठमाडौं, चैत १९ : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विषयमा भएको भएको विरोधका बारेमा बोलेका छन्।
बिहीबारको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताए। ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो यसलाई प्रतिशोधन भन्न पाइनेछैन,’ उनले भने।
सभापति लामिछानेले विधिको पालना गर्न विपक्षी दलहरूलाई पनि आग्रह गर्दै सत्ता छाड्न परेपछि विदेशी चलखेल भनेर गरिने भाषण अब नहुने बताए।
उनले पारदर्शी परराष्ट्र नीति अब हुने उल्लेख गर्दै यसले पहिले राष्ट्रहित सुनिश्चित हुने दाबी गरे।
सभापति लामिछानेले अब कुनै पनि नेपाली जातका आधारमा झुक्नु नपर्ने पनि बताए। उनले दलित समुदायप्रति सरकारले पहिलोपटक माफी मागेको बताए।
‘यो सरकार शतब्दीयौंदेखिको विभेद, अन्याय, अत्याचारको इतिहाससँग पहिलोपटक सामूहिक र सार्वजनिक माफी माग्दैछ यो सदनबाट,’ उनले भने, ‘आजसम्मको विभेद सामाजिक गल्ती थिएन संगठित अपराध थियो। जसको हातमा सीप थियो तिनलाई अछुत मान्यौं। अब कुनै पनि नेपाली जातका आधारमा झुक्नु पर्नेछैन । हामी ती समुदायप्रति माफी माग्न चाहन्छौं।’



-1790332718.jpg)




-1790332718.jpg)


