Kathmandu Press

बादल बने एमालेको संसदीय दलको नेता

बुधबार बसेकाे संसदीय दलको बैठकबाट बादल निर्विरोध संसदीय नेताको निर्वाचित भएका हुन्।
बादल बने एमालेको संसदीय दलको नेता

काठमाडौं, चैत १८ : रामबहादुर थापा ‘बादल’ नेकपा एमालेको संसदीय दलको नेता बनेका छन्।

बुधबार बसेकाे संसदीय दलको बैठकबाट बादल निर्विरोध संसदीय नेताको निर्वाचित भएका हुन्।

बैठको सुरुमा दलको नेतामा इमालबाट निर्वाचति सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए। उनको दाबी पछि निर्वाचत मार्फत दलको नेता चयको प्रक्रिया अघि बढेको थियो।

तर, मनोनयन दर्ता गर्ने बेलामा सुहाङले प्रस्तावक र समर्थक नपाएपछि बादल निर्विरोध भएका हुन्। त्यसपछि सुहाङले बादललाई खादा लगाई दिएका थिए। 

प्रतिनिधिसभामा एमालेको २५ सांसद छन्।  

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, चैत १८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्